NMB Bank
एनएमबि बैंक र स्यामसङ्ग मोबाईलको अधिकृत बिक्रेता आईएमएस बीच समझदारी

एनएमबि बैंक लिमिटेड र आईएमएस (IMS) बीच मोबाईल फोनको खरीदमा मा कर्जा
प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग श्री रोशन रेग्मी र आईएमएस 
का तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन श्री नारायण प्रसाद भुषालले हस्ताक्षर गर्नुभयो ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएस 
बाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९
महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत
ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएकोछ ।
 

 

Go to Last Visited Page